दफा १९०
मुद्दा सकार गर्न अनुमति दिन सक्ने
कैद वा जरिबानाको सजाय हुने बाहेक बिगोे भराउनु पर्ने वा कुनै किसिमको चल अचल भराउनु पर्ने अनुसूची–४ अन्तर्गतको कसूर सम्बन्धी मुद्दामा उजुरवाला मरेमा, निजको होस ठेगानमा नरहेमा वा निज वेपत्ता भई अदालतबाट तोकिएको म्याद तारिख गुज्रेमा उजुरवाला मरेको, निजको होस ठेगानमा नरहेको वा निज वेपत्ता भएको मितिले बाटोको म्याद बाहेक पैँतीस दिनभित्र मुद्दा सकार गरी म्याद तारिख थमाउन प्रमाण कागज सहित निजको हकदारले निवेदन दिएमा अदालतले व्यहोरा मनासिब भएको देखेमा मुद्दा सकार गरी गुज्रिएको म्याद तारिख थामिदिन अनुमति दिन सक्नेछ ।