नियम ३८
मुद्दा हेर्ने अधिकारी
१ यस नियमावली अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित राष्ट्रिय निकुञ्ज वा आरक्षको संरक्षकलाई र अन्य क्षेत्रको लागि सम्बन्धित जिल्ला वन नियन्त्रकलाई हुनेछ ।
२ उपनियम १ को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित राष्ट्रिय निकुञ्ज वा आरक्षको सहायक संरक्षक ९असिष्टेण्ट वार्डेन र निज नरहेकोमा इलाका वन संरक्षकलाई हुनेछस(९क. बीना ईजाजत राष्ट्रिय निकुञ्ज वा आरक्षमा प्रवेश गरेमा,
(ख) मारिएको, समातिएको वा घाईते तुल्याएको वन्यजन्तुलाई शिकार रजिष्टरमा नचढाएमा,
(ग) अनुज्ञापत्र साथमा नराखी शिकार खेलेमा,
(घ) क्याम्प गर्न तोकिएको ठाउँमा भन्दा अन्यत्र क्याम्प खडा गरेमा,
(ङ) शिकार अनुज्ञापत्रमा तोकिएको कुनै शर्त उल्लंघन गरेमा,
(च) राष्ट्रिय निकुञ्ज वा आरक्ष भित्रको पाँचसय रुपैयाँसम्म मोल पर्ने रुख विरुवा वा अन्य कुनै वन पैदावार काटेमा वा ढालेमा वा अन्य प्रकारले क्षतिग्रस्त गरेमा ।