दफा १७
मुद्दाको तहकीकात र दायरी

(१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकीकात विषादी निरीक्षकले गर्नेछ र त्यस्तो तहकीकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा तहकीकात र दायर गर्दा विषादी निरीक्षकले सरकारी वकीलको राय लिन सक्नेछ ।