दफा ४३
मुद्दाको दायरी
(१) यस संहिता बमोजिम दायर गर्नु पर्ने देहायको मुद्दा देहायको अधिकारी वा ब्यक्तिले सम्बन्धित अदालतमा दायर गर्न सक्नेछः–
(क) अनुसूची–१ र अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा अभियोगपत्रका रुपमा सम्बन्धित सरकारी वकिलले,
(ख) अनुसूची–३ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा उजुरी वा प्रतिवेदनको रुपमा नेपाल सरकार, संवैधानिक निकाय, अदालत वा कुनै सार्वजनिक अधिकारीले,
(ग) अनुसूची–४ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा फिरादपत्रका रुपमा त्यस्तो मुद्दा दायर गर्न सक्ने हकदैया भएको वा सरोकारवाला ब्यक्तिले,
(२) उपदफा (१) बमोजिम मुद्दा दायर गरेमा त्यस्तो मुद्दा यस संहिता बमोजिम दायर भएको मानिनेछ ।