दफा १३३
मृत्यु भएमा मुद्दा खारेज हुने
(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा अदालतले त्यस्तो मुद्दा खारेज गरिदिनु पर्नेछ ।
तर एकभन्दा बढी अभियुक्त वा प्रतिवादी भएकोमा कुनै एक अभियुक्तको मृत्यु हुदैमा मुद्दा खारेज गर्न सकिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिगो वा क्षतिपूर्ति समावेश भएको मुद्दामा अभियुक्त वा प्रतिवादीको मृत्यु भएपनि अदालतले मिसिल संलग्न प्रमाण र बुझ्न आवश्यक देखिएको अन्य प्रमाणहरु समेत बुझी बिगो वा क्षतिपूर्ति कायम गर्ने निर्णय गर्न सक्नेछ ।
(३) कुनै उजुरवालाको मृत्यु भए तापनि उपदफा (२) बमोजिमको मुद्दामा निजको हकवालाले त्यस्तो उजुरवालाको मृत्यु भएको तीस दिनभित्र मुद्दा सकार गर्न आएमा अदालतले सकार गराई मिसिल सामेल रहेको प्रमाण र बुझ्न आवश्यक देखिएको अन्य प्रमाणहरु समेत बुझी बिगोे वा क्षतिपूर्ति भराइदिनु पर्ने वा नपर्ने कुराको निर्णय गर्नु पर्नेछ ।
(४) पुनरावेदन, पुनरावलोकन वा मुद्दा दोहो¥याउन निवेदन दिने पक्षको वा त्यस्तो मुद्दामा पहिले कसूरदार ठहरिएको ब्यक्तिको मृत्यु भएमा त्यस्तो पुनरावेदन, पुनरावलोकन वा दोह¥याई हेरिएको मुद्दा तामेलीमा राखिदिनु पर्नेछ ।
तर –
(क) एकै पक्षको कुनै एउटा ब्यक्तिको मृत्यु भएकोमा अन्य ब्यक्तिको हकमा मुद्दाको कारबाही नगरी तामेलीमा राख्न सकिने छैन,
(ख) बिगोे समावेश भएको मुद्दामा हकवालाले चाहेमा जानकारी प्राप्त भएको मितिले पैँतीस दिनभित्र सकार गर्न पाउनेछ ।