नियम २७
मेलमिलाप हुन नसकेमा कानून बमोजिम मुद्दा कारवाही र किनारा गर्नुु पर्ने
(१) नियम २३ बमोजिम मेलमिलापको कार्यविधि अवलम्बन गर्दा पक्षहरु मेलमिलाप गर्न मञ्जुर नभएमा, मुद्दा हेर्ने निकायले तोकेको मितिमा पक्षहरु मेलमिलापकर्ता समक्ष उपस्थित नभएमा वा
मेलमिलापकर्ताद्वारा तोकिएको मितिमा पक्षहरु अनुपस्थित भएको कारण मेलमिलापको कार्य अघि बढ्न नसकेमा मेलमिलापकर्ताले सो मितिले सात दिनभित्र अनुसूची–१० बमोजिमको प्रतिवेदन मुद्दा हेर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि वा ऐनको दफा १८ को उपदफा
(३) को आधारमा मुद्दा हेर्ने निकायले त्यस्तो मुद्दा कानून बमोजिम कारवाही र किनारा गर्नु पर्नेछ ।