नियम १०
मेलमिलापकर्ताको नाम सूचीबाट हटाउने
(१) देहायको अवस्थामा मेलमिलापकर्ताको नाम मेलमिलापकर्ताको सूचीबाट हटाइने छः–
(क) मेलमिलापकर्ताले आफ्नो नाम सूचीबाट हटाई पाउन निवेदन दिएमा,
(ख) निजले नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएमा,
(ग) ऐनको दफा २१ को उपदफा (३) बमोजिम कुनै मेलमिलापकर्ताको प्रमाणपत्र रद्द भएमा,
(घ) मेलमिलापकर्ताले निर्धारित अवधिभित्र मेलमिलापकर्ताको प्रमाणपत्र नवीकरण नगराएमा,
(ङ) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था प्रचलित कानून बमोजिम विघटन भएमा,
(च) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाको स्वीकृति नियम ५० बमोजिम रद्द भएमा,
(छ) निजको मृत्यु भएमा ।
(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको नाम सूचीबाट हटाई सकेपछि मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले सम्बन्धित सबैको जानकारीको लागि सोको विवरण आफ्नो कार्यालयको सूचना पाटीमा टा“स गर्नु पर्नेछ ।