नियम ३
मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन निवेदन माग गर्ने
(१) मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले मेलमिलापकर्ताको सूची तयार गर्ने प्रयोजनको लागि मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन चाहने व्यक्तिहरुबाट समय समयमा निवेदन माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन माग गर्नको लागि मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी काम गर्ने संस्थाले निवेदन दिन तीस दिनको अवधि तोकी आफ्नो कार्यालयको सूचना पाटीमा अनुसूची–१ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी काम गर्ने संस्थाले उपनियम
(२) बमोजिमको सूचना आफ्नो नजिकको जनसम्पर्क हुने कार्यालय, कुनै स्थान र राष्ट्रिय वा स्थानीयस्तरको कुनै पत्रपत्रिकामा समेत प्रकाशन गर्न सक्नेछ ।