नियम ६
मेलमिलापकर्ताको सूची तयार गर्ने
(१) नियम ४ वा ५ बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदक ऐन बमोजिम मेलमिलापकर्ता हुन योग्य भई निजको नाम मेलमिलापकर्ताको रुपमा सूचीकृत गर्न उपयुक्त देखिएमा मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी काम गर्ने संस्थाको तर्फबाट देहायका निकाय वा अधिकारीले निजलाई मेलमिलापकर्ताको रुपमा सूचीकृत गर्ने निर्णय गर्नेछः–
(क) सर्वोच्च अदालतको हकमा सो अदालतले तोकेको अधिकारी,
(ख) उच्च अदालतको हकमा सो अदालतको पूर्ण बैठक,
(ग) एकजना मात्र जिल्ला न्यायाधीश भएको जिल्ला अदालतको हकमा सम्बन्धित जिल्ला न्यायाधीश र एक भन्दा बढी जिल्ला न्यायाधीश भएको जिल्ला अदालतको हकमा सो अदालतको पूर्ण बैठक,
(घ) खण्ड (क), (ख) वा (ग) मा उल्लिखित अधिकारी वा निकाय बाहेक अन्य निकाय वा संस्थाको हकमा सम्बन्धित निकाय वा संस्थाको प्रमुख ।
(२) उपनियम (१) बमोजिम निवेदकलाई मेलमिलापकर्ताको रुपमा सूचीकृत गर्ने निर्णय भएपछि मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले त्यस्तो निवेदकको नाम अनुसूची–३ बमोजिमको सूचीमा समावेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निवेदकको नाम मेलमिलापकर्ताको रुपमा सूचीकृत गर्ने निर्णय भएपछि मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले सोको सूचना आफ्नो कार्यालयको सूचना पाटीमा टा“स गरी सार्वजनिक गर्नु पर्नेछ ।
(४) यस नियम बमोजिम मेलमिलापकर्ताको नाम सूचीकृत गरेपछि मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले सोको जानकारी सम्बन्धित मेलमिलापकर्तालाई दिनु पर्नेछ ।
(५) यो नियम प्रारम्भ हुनु अघि मुद्दा हेर्ने निकायले तयार गरेको मेलमिलापकर्ताको सूची यसै नियमावली बमोजिम तयार गरेको मानिने छ ।