नियम २४छ
मोही र जग्गाधनी बीच बा“डफा“ड सम्बन्धी अन्य व्यवस्था
ः
(१) ऐनको दफा २६घ१. बमोजिम पर्न आएका निवेदनको फछ्र्यौट नियम २४ख. को उपनियम (२) को प्रकृया पूरा गरी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन नपरी ऐनको दफा २६घ२. बमोजिम बा“डफा“ड गर्दा ऐनको दफा १३ को उपदफा (१क) बमोजिम फा“टवारीमा देखाइएको मोही लागेको जग्गा तथा मोहीमा कमाएको जग्गाको फा“टवारी छानविन गर्ने र जग्गाधनी तथा मोहीले भरेका फा“टवारी विवरण मिलान भएपछि मिलान भएको र नभएको छुट्टाछुट्टै लगत तयार गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम तयार भएको लगत अनुसार ऐनको दफा २६घ. बमोजिम जग्गाधनी तथा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नु पर्ने भएमा सो समेत बुझी बा“डफा“डको कारबाही गरिनेछ ।
(३क) ऐनको दफा २६घ१. बमोजिम प्रकाशित सूचनामा उल्लिखित म्यादभित्र जग्गा बाँडफाँडको लागि जग्गाधनी वा मोही कसैले पनि निवेदन पेश नगरेमा त्यस्तो जग्गाधनी र मोहीलाई संयुक्त जग्गाधनी कायम गरी मोहीको लगत कट्टा गरिनेछ। त्यसरी संयुक्त जग्गाधनी कायम गरी सकेपछि साबिकको मोही वा जग्गाधनीले जग्गा बाँडफाँडको लागि मालपोत कार्यालयमा निबेदन दिएमा त्यस्तो जग्गा बाँडफाँड गरी दिनु पर्नेछ ।
(४) जग्गाधनीको मृत्यु भई निजको हकदारको नाममा हक नसरेको अवस्थाको जग्गाको मोहीले बा“डफा“ड गरी पाउ“ भनी माग गरेमा ऐन र यी नियमहरूमा तोकिएको प्रकृया पूरा गरी बा“डफा“ड गरिदिनु पर्नेछ ।
(५) मोहीको मृत्यु भई निजको हकदारको नाममा मोहीयानी हक नामसारी नभएको अवस्थामा बा“डफा“डको लागि जग्गाधनीले निवेदन गरेकोमा बुझ्दा मृतक मोहीका एकासगोलका हकदार उपस्थित भई स्वीकार गरेमा आवश्यक जा“चबुझ गरी सोही अनुसार बा“डफा“ड गरिदिनु पर्नेछ । त्यसरी स्वीकार नगरेको अवस्थामा अन्य बुझ्नु पर्ने प्रमाण बुझी ऐनको दफा २६छ. को अधीनमा रही बा“डफा“ड हुन सक्ने भएमा मोहीको भागमा पर्न जाने जग्गाको हकमा पछि हकदारले हक कायम गरी माग्न आएका बखत दाखिल खारेज हुने गरी कित्ता छुट्याई जग्गाधनीकै नाममा रोक्का राखी बा“डफा“ड
गर्नु पर्नेछ ।
(६) मोही लागेको जग्गा ऐन बमोजिम बा“डफा“ड गर्दा वा ऐनको व्यवस्था बमोजिम वा अदालतको निर्णयले मोही लगत कट्टा गर्नु पर्ने भएमा अनुसूची–१६क. बमोजिमको लगत राखी मोहीको दर्ता किताब अनुसूची–१६ वा सो सम्बन्धी अन्य प्रमाणमा निर्णयको छोटकरी व्यहोरा जनाई लगत कट्टा गर्नु पर्नेछ र सोही व्यहोराको जानकारी मालपोत कार्यालयमा पठाई मालपोत कार्यालयमा रहेको जग्गा धनी दर्ता श्रेस्ता
र जग्गाधनी प्रमाण पूर्जा समेत अद्यावधिक गर्नु पर्नेछ ।