दफा १४
म्यानेजिंग डाइरेक्टर, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
: आफ्नोे कार्यहरूको कुशल सञ्चालनको निमित्त समितिले एकजना म्यानेजिंग डाइरेक्टर र आवश्यक भए जति सल्लाहकार तथा कर्मचारीहरूको नियुक्ति गर्न सक्नेछ । निजहरूको नियुक्ति, सेवाको शर्त र मेहनताना विनियममा तोकिए बमोजिम हुनेछ ।
तर संस्थानको पहिलो म्यानेजिंग डाइरेक्टरको नियुक्ति नेपाल सरकारबाट हुनेछ र निजको कर्तव्य, अधिकार तथा सेवाको अरू शर्तहरू पनि नेपाल सरकारबाट निर्धारित हुनेछ । सो शर्तहरू अनुसार निजले पाउने मेहनताना र अरू सुविधाहरू समेत नेपाल सरकारबाट तोकिदिए बमोजिम संस्थानको कोषबाट दिइनेछ ।