नियम २३
यस नियमावली बमोजिम लाइसेन्स लिनु पर्ने

(१) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि कसैले लाइसेन्स नलिई रेडियो यन्त्र राखेको रहेछ भने, त्यस्तो व्यक्तिले यो नियमावली प्रारम्भ भएको मितिले पैंतीस दिनभित्र नियम ३ बमोजिम लाइसेन्स लिनु पर्नेछ ।
(२) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि लिएको रेडियो यन्त्रको लाइसेन्स यो नियमावली प्रारम्भ भएपछि यसै नियमावली बमोजिम लिएको मानिनेछ ।