नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले रेडियो ऐन, २०१४ सम्झनु पर्छ ।
(ख) “लाइसेन्स” भन्नाले नियम ४ बमोजिम दिइने रेडियो यन्त्रको लाइसेन्स सम्झनु पर्छ ।
(ग) “लाइसेन्स दिने अधिकारी” भन्नाले नेपाल सरकार, सञ्चार मन्त्रालयले तोकिदिएकोअधिकारी सम्झनु पर्छ ।
(घ) “स्याटेलाइट रिसिभिङ्ग सिष्टम” भन्नाले अधिकांश भाग पृथ्वीको वायुमण्डल बाहिर रहने वा रहेको एक वा एक भन्दा बढी भू–उपग्रहहरू वा अन्तरिक्ष स्टेशनबाट सञ्चार प्राप्त गर्ने डिश एण्टेना लगायतका सञ्चार प्रणाली सम्झनु पर्छ ।
(ङ) “एमेच्योर रेडियो” भन्नाले व्यक्तिगत लाभको उद्देश्य नराखी रेडियो प्रविधि सम्बन्धी आत्म–शिक्षा तथा अन्वेषणको उद्देश्यले इजाजत प्राप्त व्यक्तिहरूको बीच सञ्चार आदान प्रदान गर्न प्रयोग गरिने रेडियो यन्त्र सम्झनु पर्छ ।
(च) “कर्डलेस टेलिफोन” भन्नाले घर वा कम्पाउण्डको सिमित दुरीभित्र सार्वजनिक टेलिफोन सेट विस्तारको लागि प्रयोग गरिने रेडियो यन्त्र सम्झनु पर्छ ।
(छ) “स्याटेलाइट कम्यूनिकेशन सिष्टम” भन्नाले एक वा एक भन्दा बढी भू–उपग्रहहरूको प्रयोग गरी रेडियो सञ्चार आदान प्रदान गर्न सकिने पृथ्वीको धरातल वा वायुमण्डलको अधिकांश भागभित्र अवस्थित संचार प्रणालीलाई सम्झनु पर्छ ।
(ज) “स्टेशन” भन्नाले रेडियो यन्त्र तथा तत्सम्बन्धी उपकरणहरू जडान भएको ठाउँ सम्झनु पर्छ ।