नियम १३
नामसारी
(१) लाइसेन्स प्राप्त रेडियो यन्त्र बिक्री गरेमा वा अन्य तवरले हक छाडेमा हक छाड्ने र हक पाउने दुवैले सो भए गरेको मितिले पैंतीस दिनभित्र लाइसेन्स दिने अधिकारी समक्ष अनुसूची–१० बमोजिमको ढाँचामा रेडियो यन्त्र नामसारीको निमित्त दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नामसारीको दरखास्त प्राप्त भएपछि नामसारीबाट हक प्राप्त गर्ने व्यक्ति त्यस्तो लाइसेन्स पाउन उपयुक्त देखिएमा लाइसेन्स दिने अधिकारीले सोही बमोजिम नामसारी गरिदिई आफ्नो कार्यालयमा रहेको लाइसेन्सको विवरण समेत दुरुस्त राख्नु पर्नेछ ।