दफा ९५
यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्वत
रद्द हुनेः (१) दफा ९४ को उपदफा (४) बमोजिम निर्धारित अवधि भित्र यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
(२) उपदफा (१) बमोजिम रद्द भएको अनुमतिपत्रको लगत कट्टा हुनेछ ।
(३) उपदफा (२) बमोजिम लगत कट्टा भईसकेको अनुमतिपत्र पुन नवीकरण गरिने छैन ।