नियम १५
योगदान रकम
: (१) कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम अनुसूची-१ बमोजिम हुनेछ ।

(२) प्रतिष्ठानको हकमा सो प्रतिष्ठानले व्यहोर्ने योगदान रकमको अनुपात राष्ट्रसेवक कर्मचारीहरुका लागि तोकिएको योगदान रकमभन्दा कम हुने छैन।

(३) बीमितको कार्यक्रम अन्तर्गत उपलब्ध हुने सुविधाको लागि तोकिएको कुनै पनि रकम खर्च नभई अर्को वर्ष नियमित नवीकरण भएमा बीमितलाई योगदान रकममा दश प्रतिशत छुट हुनेछ।

(४) _बीमितले कार्यक्रममा सहभागी हुन तिरेको रकम कुनै पनि कारणबाट फिर्ता हुने छैन र सो रकम सेवा उपयोग नंगरेको कारणले अर्को वर्षको लागि सञ्चित भएको पनि मानिने, छैन।

(५) मृत्यु, बसाईसराई, विवाह वा अन्य कुनै कारणले बीमित परिवारको सदस्य सङ्ख्या घटेमा भुक्तानी भईसकेको योगदान रकम फिर्ता हुने छैन र निजको सट्टा अर्को सदस्य थप्ने सुविधा पनि पाइने छैन।