नियम १४
योजना सञ्चालन सम्बन्धी विशेष व्यवस्था
(१) कुनै संस्थाले कुनै प्रकृति वा क्षेत्रको कुनै योजना कोष मार्फत् सञ्चालन गर्ने गरी सो योजना सञ्चालन गर्न आवश्यक पर्ने साधन स्रोत समेत उपलब्ध गराउने गरी सचिवालयमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा र त्यस्तो योजना कोषको उद्देश्य हासिल हुने प्रकृतिको भएमा तथा त्यस्तो संस्थाले उपलब्ध गराउने भनेको साधन स्रोत उक्त योजना कार्यान्वयन गर्न पर्याप्त हुने देखिएमा समितिले त्यस्तो योजना यस नियमावली बमोजिम सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्नेछ ।