नियम १८
रकमको अभिलेख राख्नु पर्ने
संयुक्त राष्ट्र संघबाट देहाय बमोजिम प्राप्त हुने रकमको अभिलेख शान्ति सेना सञ्चालन निर्देशनालयले राख्नु पर्नेछ र सो सम्बन्धी विवरण मासिक रूपमा कल्याणकारी योजना निर्देशनालयलाई उपलब्ध गराउनु पर्नेछः–
(क) संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना गर्ने कार्यमा नेपाली सेना पठाए बापत पाउने भत्ता,
(ख) संयुक्त राष्ट्र संघबाट सोधभर्ना हुने गरी मेशिनरी औजार, उपकरण आदिमा भएको खर्चको तोकिएको प्रतिशतले डिप्रिसियसन बापत प्राप्त हुने सोधभर्ना रकम,
(ग) अन्य पाउनु पर्ने वा सोधभर्ना लिनु पर्ने रकम ।