नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,−
(क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “कोष” भन्नाले ऐनको दफा २९ को उपदफा (१) बमोजिम स्थापना भएको सैनिक कल्याणकारी कोष सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले ऐनको दफा २९ को उपदफा (३) बमोजिमको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति सम्झनु पर्छ ।
(घ) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ङ) “खर्च गर्ने निकाय” भन्नाले कोषको रकम खर्च गर्ने अख्तियारी पाएका नेपाली जंङ्गी अड्डा अन्तर्गतका महानिर्देशनालय, निर्देशनालय, महाशाखा, शाखा, महाविद्यालय, विद्यालय र अन्य निकायका प्रमुख पदाधिकारी सम्झनु पर्छ ।
(च) “निर्देशक” भन्नाले सैनिक कल्याणकारी योजना निर्देशनालयको प्रमुख सम्झनु पर्छ ।