नियम २१
बुझबुझारथ
कोषको नगद, जिन्सी मालसामान र सोसँग सम्बन्धित श्रेस्ता आपफ्नो जिम्मामा भएको वा रहेको कर्मचारी सरुवा, बढुवा, अवकाश प्राप्त गरी वा अन्य कुनै कारणले आफू कार्यरत रहेको कार्यालय वा अन्य कुनै शाखा छाडी जाँदा निजले बुझबुझारथ गरी जानु पर्नेछ र बुझबुझारथको एक प्रति कल्याणकारी योजना निर्देशनालयमा पठाउनु पर्नेछ ।