दफा १९
रजिष्ट्रारको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
(१) परिषद्मा नाम दर्ता भै तोकिएको
योग्यता पुगेका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले परिषद्को रजिष्ट्रार नियुक्त गर्न सक्नेछ ।
(२) रजिष्ट्रार परिषद्को प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनेछ ।
(३) रजिष्ट्रारको पारिश्रमिक, सेवाको शर्त तथा सुविधाहरु तोकिए बमोजिम हुनेछ ।
(४) यस ऐनमा अन्यत्र लेखिएका कुराको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
देहाय बमोजिम हुनेछ –
(क) पशु चिकित्सकद्वारा नाम दर्ताको लागि पेश गरिएका दरखास्तहरु
सम्बन्धित समितिमा पेश गर्ने ।
(ख) परिषद्दारा गरिएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।
(ग) परिषद्द्वारा पशु चिकित्सकको रुपमा नाम दर्ता गर्ने निर्णय गरे बमोजिम
पशु चिकित्सकहरुको नाम दर्ता किताबमा चढाउने ।
(घ) कुनै दर्तावाल पशु चिकित्सकको मृत्यु भएमा निजको नाम दर्ता
किताबबाट हटाउने ।
(ङ) दर्तावाल पशु चिकित्सकले व्यवसाय छाडेको वा ठेगाना बदलेको सूचना
प्राप्त भएमा दर्ता किताबमा जनाउने ।
(च) परिषद्को निर्णय प्रमाणित गर्ने ।
(५) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार परिषद्ले तोके बमोजिम हुनेछ ।