दफा २३
रजिष्ट्रारको योग्यता
देहायको योग्यता भएको (व्यक्ति रजिष्ट्रारमा नियुक्त हुन योग्य हुनेछः-

(क) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,

(ख) उच्च शिक्षामा प्राज्ञिक बा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको,

(ग) प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको,

(घ) पेतिस वर्ष उमेर पूरा भएको, र

(ङ) उच्च नैतिक चरित्र भएको ।