दफा २६
रजिष्ट्रार
(१) परिषद्को दैनिक प्रशासकीय काम कारबाही सञ्चालनको लागि नेपाल सरकारलेकुनै फर्मासिष्टलाई परिषद्को रजिष्ट्रारमा नियुक्त गर्न वा नेपाल सरकारको सेवामा बहाल रहेको कुनै फर्मासिष्टलाई परिषद्को रजिष्ट्रार भई काम गर्नको लागि तोक्न सक्नेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य तथा अधिकारका अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) परिषद्को सामान्य प्रशासन र व्यवस्थापनको कार्य गर्ने ।
(ख) परिषद्को कोषको रेखदेख, नियन्त्रण, सम्पत्तिको व्यवस्था र स्याहार, सम्भारको व्यवस्था गर्ने, गराउने ।
(ग) परिषद्को वार्षिक कार्यक्रम तथा योजनातर्जुमा गरी परिषद्मा पेश गर्ने ।
(घ) परिषद्को वार्षिक आय–व्यय विवरण तयार गर्ने ।
(ङ) परिषद्बाट स्वीकृत बजेट योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने ।
(च) परिषद्को आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने व्यवस्था गर्ने ।
(छ) परिषद् र फर्मासिष्ट तथा फार्मेसी सहायकहरु बीच सम्पर्क अधिकारीको रुपमा काम गर्ने ।
(ज) परिषद्ले निर्देशन दिए बमोजिमको अन्य कार्यहरु गर्ने वा गराउने ।
(झ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।
(३) रजिष्ट्रारको पारिश्रमिक तथा सुविधा तोकिए बमोजिम हुनेछ ।