नियम
राष्ट्रगौरव मानपदवी

(१) अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन विशिष्ट योगदान पुर्‍याउने मुलुकको  रार्ष्ट्राध्यक्ष वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने नेपाली नागरिकलाई राष्ट्रगौरव मानपदवी प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको मानपदवीको श्रेणी विभाजन हुने छैन र त्यस्तो मानपदवीको मण्डन, प्रालम्बिका र पट्टाको विवरण र नाप परिशिष्ट एक अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछ ।