दफा ३८
राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र् अधिकार:
(१)
दफा ३७ को उपदफा (१) बमोजिम स्थापित राष्ट्रिय
सतर्कता: केन्द्रको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ:-
(क) सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने कार्यहरू नियमित रूपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने,
(ख) सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गराउने, (ग) कुनै राष्ट्रसेवकले यस ऐन वा प्रचलित कानून बमोजिम पेश गरेको सम्पत्ति विवरण र् आयको अनुगमन गर्ने,
(घ) भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राखे, छड्के जाँच र अन्वेषण गर्न आवश्यक व्यवस्था मिलाउने,
(ङ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत्सम्बन्धी कानूनमा कुनै सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(च) सार्वजनिक संस्थामा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने,
(छ) भ्रष्टाचार रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई कुनै सुझाव वा निर्देशन दिने,
(ज) भ्रष्टाचार सम्बन्धी कसूरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्चावधिक गराई राखे,
(झ) भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने, (ज) सार्वजनिक संस्थाबाट निर्माण वा सञ्चालन भएका आयोजनाको आवश्यकता अनुसार प्राविधिक परीक्षण गर्ने,
(ट) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने, गराउने,
(ठ) नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।
(२) उपदफा (१)-को खण्ड (क) बमोजिम सूचना सङ्कलन गर्ने “प्रयोजनको लागि राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित निकायबाट आवश्यक विवरण वा कागजात माग गर्न सक्नेछ ।
(३) उपदफा (१) को खण्ड (छ) बमोजिम दिएको निर्देशन: वा सुझाव बमोजिम नगर्ने वा उपदफा (२) बमोजिमको विवरण वा कागजात पेश नगर्ने सार्वजनिक संस्थाको सम्बन्धित अधिकारीलाई कानून बमोजिम कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित अख्तियारवालालाई लेखी पठाउन सक्नेछ।
(४) उपदफा (३) बमोजिम लेखी आएमा सम्बन्धित अख्तियारवालाले त्यस्तो अधिकारीलाई आवश्यक कारबाही गरी राष्ट्रिय सतर्कता केन्द्रलाई सोको जानकारी गराउनु पर्नेछ।