दफा २९
राष्ट्रिय सम्पदाको संरक्षण
(१) राष्ट्रिय सम्पदाको संरक्षण गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।

(२) राष्ट्रिय सम्पदाको संरक्षण गर्ने प्रयोजनको लागि सरोकारवाला निकायले अभिलेख तयार गरी राख्नु पर्नेछ र सो अभिलेखमा नेपालभित्रका विश्व सम्पदा सूचीमा परेका वस्तु वा स्थलहरु समेत समावेश गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिमको अभिलेखमा समावेश भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु, वातावरणीय अवस्था आदिको संरक्षण तोकिए बमोजिम गरिनेछ ।