दफा
राष्ट्रिय सुरक्षा परिषद्

(१) .. … …
(२)  … … …
(३) नेपालको संविधानमा उल्लिखित कामको अतिरिक्त राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य तथा अधिकार देहाय बमोजिमको हुनेछ ः-
(क) नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोग सम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने,
(ख) नेपाली सेनाको सङ्ख्या र सङ्गठनात्मक संरचना सम्बन्धमा नेपाल सरकारलाई सुझाव पेश गर्ने,
(ग) नेपाली सेनाको व्यवस्थापन सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेश गर्ने,
(घ) नेपाली सेनाको हतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको व्यवस्थापन सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेश गर्ने,
(ङ) तोकिएबमोजिमका अन्य काम गर्ने ।
(४) ……………………..
(५) राष्ट्रिय सुरक्षा परिषदको काम कारबाही सञ्चालन गर्नका लागि रक्षा मन्त्रालय अन्तर्गत एक सचिवालय रहनेछ । सचिवालय सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम
हुनेछ ।
(६) राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्बन्धी कार्यविधि राष्ट्रिय सुरक्षा परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।