दफा
राहदानी जारी गर्ने अधिकार

नेपाल सरकारले वा नेपाल सरकारको तर्फबाट अधिकार प्राप्त भएका विदेशस्थित  नेपाली राजदूतावास वा अन्य नियोगले मात्र राहदानी जारी गर्न सक्नेछ ।

तर,–
(१) राहदानी जारी गर्ने अधिकारीले कुनै कारण देखाई कुनै व्यक्तिलाई राहदानी दिन अस्वीकार गर्न सक्नेछ,

(२) नेपाल सरकारले कुनै कारण देखाई  कुनै समय पनि जारी भइसकेको राहदानीलाई खिच्न वा रद्द गर्न सक्नेछ, र

(३) राहदानी बमोजिम विदेश भ्रमण गरिरहेका व्यक्ति जहाँसुकै नै रहे बसेको भए तापनि तत्सम्बन्धमा नेपाल सरकारले दिएको आदेश वा निर्देश पालन गर्नु निजको कर्तव्य हुनेछ ।