दफा ८७
रेखाङ्कित चेकको रीतपूर्वकको भुक्तानी
कुनै बैङ्करले आफू उपर खिचिएको रेखाङ्कित चेकको रीतपूर्वकको भुक्तानी दिएको छ भने सो भुक्तानी दिने बैङ्कर र ड्रअरको हक तथा दायित्व त्यस्तो चेकको खास धनीलार्ई भुक्तानी दिएको अवस्थामा हुने हक र दायित्व सरह हुनेछ ।