दफा १८७
रोहवरमा बस्न तथा सहीछाप गर्न सहयोग गर्नु पर्ने
(१) यस संहिता बमोजिम कुनै काम कारबाहीको सिलसिलामा रोहवरमा बस्नु पर्ने ब्यक्तिले रोहवरमा बसी तथा अदालतबाट तयार गरिएको लिखतमा सहीछाप गर्नु पर्ने ब्यक्तिले सहीछाप गरी अदालतलाई सहयोग गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम रोहवरमा बस्न वा कुनै लिखतमा सहीछाप गर्न कुनै ब्यक्तिले इन्कार गरेमा त्यस्तो काम वा लिखत गराउने कर्मचारीले त्यस्तो व्यहोरा उल्लेख गरी सम्बन्धित लिखतमा रोहवरमा नवसेको वा सहीछाप नगरेको कारण खुलाई कैफियत जनाई उपस्थित भएका अन्य दुई ब्यक्तिको सहीछाप गराई आपूmले पनि त्यसमा सहीछाप गरी लिखत तयार गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तयार गरिएको लिखतलाई कानून बमोजिम रीत पुगेको मानिनेछ ।
(४) अदालतमा भएको कुनै लिखतमा सहीछाप गर्नु पर्ने कुनै ब्यक्तिले सहीछाप गर्न इन्कार गरेमा न्यायाधीशले सोही व्यहोरा उल्लेख गरी सम्बन्धित लिखतमा कैफियत जनाई आप्mनो सहीछाप गरी राख्नु पर्नेछ ।
(५) यस दफा बमोजिम रोहवरमा नबसी वा सहीछाप नगरी अदालतको काममा असहयोग गर्ने ब्यक्तिलाई अदालतले पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(६) यस संहिता बमोजिम कुनै ब्यक्तिले कुनै लिखतमा सहीछाप गर्दा त्यस्तो लिखतमा उल्लेख भएको कुनै व्यहोरामा आप्mनो सहमति नभएमा आफ्नाे व्यहोरा छुट्टै लेखि सहीछाप गर्न सक्नेछ ।