नियम
लगत लिने सम्बन्धमा अधिकार
भूमिसुधार टोलीले यी नियमहरू अन्तर्गत जग्गा कमाउने जग्गावाला र मोहीहरूको लगत लिने प्रयोजनको निमित्त वा लिइएको सबै लगत तथा तत्सम्बन्धी विवरण र खबर सा“चो हो होइन भन्ने कुराको जा“चबुझ गर्नको निमित्त देहाय
बमोजिम गर्न सक्नेछ ः–
(क) सम्बन्धित मोही, जग्गावाला, संधियार, जिमिदारीको एजेन्टको भोगचलन वा नियन्त्रणमा रहेको कुनै जग्गामा प्रवेश गर्न,
(ख) त्यो व्यक्तिको भोगचलन वा नियन्त्रणमा रहेको कुनै लिखित आफू छेउ पेश गर्ने आदेश दिन र त्यसको जा“च गर्न, र
(ग) लगत सम्बन्धी कुनै विवरण वा खबर कुनै व्यक्तिलाई थाहा छ भन्ने मनासिब माफिकको विश्वास भएमा निजसँग कुनै प्रश्न सोध्न ।