नियम
लगानी तथा कोषको प्रयोग
ऐनको दफा २९ को उपदफा (२) को खण्ड (ग) को प्रयोजनको निमित्त बहालवाल तथा भूतपूर्व सैनिक व्यक्ति र निजका परिवारको हितको लागि लगानी गर्न सकिने कल्याणकारी कार्य देहाय बमोजिम हुनेछ र कोषको प्रयोग देहायको प्रयोजनको लागि गरिनेछःः–
(क) लगानी गर्न सकिने कार्य तथा क्षेत्रः–
(१) औषधोपचार स्वास्थ्य सेवा उपलब्ध गराउने,
(२) आवास उपलब्ध गराउने,
(३) क्यान्टिन सञ्चालन गर्ने ,
(४) विद्यालय तथा महाविद्यालय स्थापना गरी सञ्चालन गर्ने,
(५) बहालवाला तथा भूतपूर्व व्यक्तिलाई सहभागी गराई आयमूलक कार्य सञ्चालन गर्ने,
(६) समितिले सिफारिस गरी रक्षा मन्त्रालयले स्वीकृत गरेका अन्य कार्यहरू ।
(ख) कोषको प्रयोग गर्न सकिने कार्य तथा क्षेत्रः–
(१) नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र निजका परिवारको कल्याणका लागि कल्याणकारी कार्य सञ्चालन गर्न ,
(२) कल्याणकारी योजना तथा आयमूलक कार्य सञ्चालन गर्न,
(३) पहिलेदेखि चलिरहेका कल्याणकारी कार्यलाई निरन्तरता दिन,
(४) नेपाली सेना संयुक्त राष्ट्र« संघको आव्हानमा शान्ति सेनामा सम्मिलित हुंदा सोसँग सम्बन्धित कार्यको लागि आवश्यक पर्ने रकम र सरसामान उपलब्ध गराउन,
(५) नेपाली सेनाले परम्परागत रूपमा चलाउदै आएको समारोह, पर्व, पूजा, उत्सव, महोत्सव, अतिथि सत्कार, उपहार आदि सामाजिक कल्याणकारी कार्य चलाउन,
(६) कल्याणकारी कार्यसँग सम्बन्धित काम गर्न कानून बमोजिम स्थापना भएको सैनिक संस्था वा सँगठनलाई अनुदान दिन । तर यस्तो अनुदान एक आर्थिक वर्षमा पाँचलाख रूपैयाँभन्दा बढी हुने छैन र
त्स्तो  रकम समितिले स्वीकृत गरेको समितिको वार्षिक कार्यक्रममा परेको हुनु पर्नेछ ।