नियम
लगानी प्रबर्धन सम्बन्धी बोर्डको काम, कर्तव्य र अधिकार
ऐनको दफा ५ मा उल्लेख
भएका कामका अतिरिक्त लगानी प्रवर्धन सम्बन्धी बोर्डको अन्य काम, कर्तव्य र अधिकार
देहाय बमोजिम हुनेछ ः–
(क) नेपालमा प्रत्यक्ष विदेशी लगानी गर्न विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थालाई
आग्रह वा आमन्त्रण गर्ने,
(ख) नेपालमा प्रत्यक्ष विदेशी लगानी बढाउन नेपालमा वा विभिन्न मुलुकमा लगानी
सम्मेलन, कार्यशाला वा लगानी मेला आयोजना गर्ने,
(ग) लगानीसँग सम्बन्धित ऐन, नियम वा नीतिको नियमित रुपमा सुधार गर्न र
नेपाल कानूनलाई लगानीमैत्री बनाउन आवश्यक सुझाव सहित सम्बन्धित
मन्त्रालय वा निकायलाई सिफारिस गर्ने,
(घ) लगानीको अनुमतिपत्र प्राप्त गर्ने वा त्यसको नवीकरण गर्ने, व्यावसायिक
प्रतिष्ठान (कम्पनी) संस्थापना गर्ने, रकम फिर्ता लैजाने वा रकम स्थानान्तरण
जस्ता कार्यविधिलाई सरलीकरण गर्न आवश्यक व्यवस्था गरी नेपाललाई आकर्षक
लगानी केन्द्रको रुपमा विकास गर्ने,
(ङ) कर, भन्सार वा अन्य सरकारी दस्तुरको भुक्तानी वा लगानीकर्ताले परियोजनाका
लागि पैठारी गर्ने मेशिन, उपकरण वा औजारको पैठारी गर्न सहजीकरण गर्नेे,
(च) लगानी प्रवर्धनका क्षेत्रमा देखिएका समस्या समाधान वा लगानीका क्षेत्रलाई अझ
बढी आकर्षक बनाउन लगानीकर्ताका प्रतिनिधि संस्थाका पदाधिकारीसँग समय
समयमा अन्तरक्रिया, छलफल वा विचार आदन प्रदान गर्ने ।