नियम
लगानीको बारेमा जानकारी गराउनु पर्ने
(१) नेपालमा लगानी गर्ने गैर आवासीय नेपालीले आफूले गरेको लगानीको बारेमा अनुसूची–७ बमोजिमको ढाँचामा मन्त्रालयलाई जानकारी गराउनु पर्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम प्राप्त जानकारी नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखमा जनाई त्यस्तो लगानीको जानकारी उद्योग विभागलाई दिनु पर्नेछ ।