दफा २९
लेखा तथा लेखा परीक्षण
: (१) परिषद्को आय व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।
(२) परिषद्को लेखा परीक्षण तोकिए बमोजिम हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा परिषद्को हिसाब किताब जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।