दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल इन्जिनियरिङ परिषद् सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ख१) "उपाध्यक्ष" भन्नाले परिषदूको उपाध्यक्ष सम्झनु पर्छ।
(ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(घ) “इन्जिनियर” भन्नाले परिषद्बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “इन्जिनियरिङ व्यवसाय” भन्नाले अनुसूचीमा उल्लिखित विषयमा प्राविधिक ज्ञान तथा दक्षता हासिल गरेका इन्जिनियरहरूले अपनाउने व्यवसाय सम्झनु पर्छ ।
(च) “दर्ता किताब” भन्नाले दफा १५ बमोजिम तयार गरिएको दर्ता किताब सम्झनु पर्छ ।
(छ) “दर्तावाला इन्जिनियर” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको इन्जिनियर सम्झनु पर्छ ।
(ज) “रजिष्ट्रार” भन्नाले दफा २७ बमोजिम नियुक्त गरिएको व्यक्ति सम्झनु पर्छ ।
(झ) "समिति" भन्नाले दफा १४ बमोजिम गठित परीक्षा समिति सम्झनु पर्छ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।