दफा २१
लेखा र लेखापरीक्षण
(१) परिषद्ले आफ्नो आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।

(२) परिषद्को आन्तरिक लेखापरीक्षण प्रचलित कानून बमोजिम कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।

(३) मन्त्रालयले परिषद्को आय व्ययको लेखा सम्बन्धी कागजात र अन्य नगदी जिन्सी जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।