दफा ४२
लेखापरीक्षण समिति
: (१) समितिको सदस्यको संयोजकत्वमा कोषमा तोकिए बमोजिमको एक लेखापरीक्षण समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क)    कोषको लेखा, बजेट तथा लेखापरीक्षण कार्यविधि र नियन्त्रण व्यवस्थाका सम्बन्धमा आफ्नो प्रतिवेदन तथा सुझाव समितिमा पेश गर्ने,
(ख)    कोषको आवधिक वासलात, वित्तीय विवरण तथा अन्य कागजातको लेखापरीक्षण र त्यस्ता कागजात ठीकसँग तयार भए नभएको बारे यकिन गर्ने,
(ग)     कोषले अपनाएको उपयुक्त जोखिम व्यवस्था कार्यान्वयनको सुपरीवेक्षण गर्ने,
(घ)    कोषमा लागू भएको प्रचलित कानून पूर्णरुपमा पालना भएको छ भनी विश्वस्त हुन कोषको प्रशासन र सञ्चालनको नियमित व्यवस्थापकीय तथा कार्यसम्पादनको लेखापरीक्षण गर्ने, र
(ङ)     प्रचलित कानून तथा अन्तर्राष्ट्रिय लेखा मापदण्ड अनुरुप कोषको आर्थिक प्रशासन तथा लेखापरीक्षण कार्यको निमित्त विनियमको मस्यौदा गरी स्वीकृतिको लागि समिति समक्ष पेश  गर्ने ।