नियम
वन पैदावार प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) वन पैदावार प्राप्त गर्न चाहने कुनै व्यक्ति, जिल्ला वन पैदावार आपूूर्ति समिति वा निकायले देहायका कुराहरु खुलार्र्र्र्र्ई अधिकार प्राप्त अधिकारी समक्ष रितपूर्वकको निवेदन दिनु पर्नेछ –
(क) वन पैदावारको नाम,
(ख) वन पैदावार प्राप्त गर्न चाहेको क्षेत्रको नाम,
(ग) वन पैदावारको किसिम र परिमाण,
(घ) वन पैदावार लिन चाहेको प्रयोजन, र
(ङ) वन पैदावार प्रयोग गरिने ठाँउ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाचँबुझ गरी कार्य योजना अनुसार बिक्री वितरण गर्न तोकिएको परिमाण समेतलाई विचार गरी अनुसूची–१ बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ । (३) अधिकार प्राप्त अधिकारीले निवेदन दिने व्यक्ति, जिल्ला वन पैदावार आपूर्ति समिति वा निकायबाट यस नियमावली बमोजिम लाग्ने वन पैदावारको मूल्य, शुल्क वा दस्तुर अग्रीम रुपमा बुझेर मात्र इजाजतपत्र दिनु पर्नेछ ।