नियम ६२
वन पैदावारको ओसार पसार
(१) निजी वन धनीले निजी वन रहेकै ठाँउमा आफ्नो प्रयोजनको लागि निजी वनको वन पैदावार प्रयोग गर्ने भएमा सो वन पैदावारको जात र परिमाण खोली सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाको सदस्यको सिफारिस साथ प्रयोग गर्नु भन्दा
कम्तिमा चौबीस घण्टा अगावै सम्बन्धित इलाका वन कार्यालय मार्फत वा सोझै जिल्ला वन कार्यालयमा लिखित रुपमा सूचना दिई प्रयोग गर्न सक्नेछ ।
(२) यस परिच्छेद बमोजिम दर्ता भएको निजी वनको धनीले निजी वनको वन पैदावार ओसार पसार गर्दा वन पैदावारको जात र परिमाण खोली सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाको सदस्यको सिफारिस साथ ओसार पसार गर्नु भन्दा कम्तिमा चौबीस घण्टा अगावै सम्बन्धित जिल्ला वन कार्यालयमा लिखित सूचना दिई बाटोमा पर्ने वन चेक पोष्टमा दरपिठ गराई निजी वन पैदावार ओसार पसार गर्न सक्नेछ ।
(३) यस परिच्छेद बमोजिम दर्ता नभएको निजी वन धनीले सम्बन्धित इलाका वन कार्यालय मार्फत वा सोझै जिल्ला वन कार्यालयमा निजी वनको वन पैदावार मध्ये रुख कटानको लागि निवेदन पाँचौ संशोधनद्वारा संशोधित ।दिनु पर्नेछ । सो निवेदन उपर आवश्यक जाँचबुझ गरी जिल्ला वन अधिकृतले रुख कटान गर्ने अनुमति दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको निजी वनको काठ ओसार पसार गर्दा सम्बन्धित जिल्ला वन कार्यालयबाट छोडपूर्जि लिई वन चेक पोष्टमा दरपिठ गराई ओसार पसार गर्न सक्नेछ ।
(४क) उपनियम (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम दर्ता नभएको निजी वन धनीले त्यस्तो निजी वनमा रहेका अनुसूची–२६ बमोजिमका रुख अनुमति नलिई कटान गर्न र त्यसको काठ दाउरा छोडपूर्जि नलिई ओसार पसार गर्न सक्नेछ ।
(४ख) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम दर्ता नभएको निजी वन धनीले त्यस्तो निजी वनमा रहेका अनुसूची–२७ बमोजिमका जडिबुटी वा अन्य वन पैदावार छोडपूर्जि नलिई ओसार पसार गर्न सक्नेछ ।
(४ग) उपनियम (४क) र (४ख) बमोजिम काठ दाउरा, जडीबुटी वा अन्य वन पैदावार ओसार पुसार गर्दा सम्बन्धित जिल्ला वन कार्यालय वा सो कार्यालयको कार्यक्षेत्रभित्रको इलाका वन कार्यालयबाट काठ दाउराको हकमा अनुसूची–२८ बमोजिम र जडीबुटी वा अन्य वन पैदावारको
हकमा अनुसूची–२९ बमोजिम लगत प्रमाणित गराउनु पर्नेछ ।
(५) यो नियमावली प्रारम्भ हुनु भन्दा अगावै निजी वनको कटान भै सकेको काठ ओसार पसार गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अधिकारी वा समिति समक्ष निवेदन दिनु पर्नेछ । सो निवेदन उपर त्यसरी तोकिएको अधिकारी वा समितिले आवश्यक जाँचबुझ गरी निर्णय गरे मुताविक ओसार पसार गर्नु पर्नेछ ।