नियम २३
वन्यजन्तु र पंक्षी पक्रने दस्तूर
नियम २२ बमोजिम वन्यजन्तु र पंक्षी वा कीट(किटाणु पक्रँदा लाग्ने दस्तुर अनुसूची(२ मा उल्लेख भए बमोजिम हुनेछ र त्यस्तो दस्तुर देहाय बमोजिम गरी बुझाउन सकिनेछस्(
(क)लाग्ने दस्तुर पूरै वा त्यसको पचास प्रतिशत शुरूमा र पचास प्रतिशत सम्बन्धित वन्यजन्तु वा पंक्षीहरू पक्रेपछि बुझाउने गरी प्रमुखले दरखास्तवालासँग असुल उपर गर्न सक्नेछ ।
(ख) कुनै वन्यजन्तु वा पंक्षीहरू पक्रने बखतमा वा पक्री सकेपछि मर्न गएमा इजाजतपत्र प्राप्त व्यक्तिले पक्रन पाएको इजाजतपत्रको संख्यामै गिन्ती हुनेछ र तिनको निमित्त लाग्ने दस्तुर समेत बुझाउनु पर्नेछ ।
(ग) कुनै वन्यजन्तु वा पंक्षीहरू पक्रन इजाजतपत्र प्राप्त व्यक्तिले कुनै वन्यजन्तु पक्रन सकेन वा सो पक्रने सिलसिलामा कुनै वन्यजन्तु वा पंक्षी मर्न वा घाइते हुन पाएको छैन भन्ने प्रमुखलाई लागेमा इजाजतपत्र प्राप्त व्यक्तिले बुझाउनु पर्ने दस्तुरको पचहत्तर प्रतिशतसम्म रकम फिर्ता गरिदिनेछ ।