दफा ४६
वाणिज्य बैंक तथा वित्तीय संस्थाको अनिवार्य मौज्दात
(१) बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उनीहरुसंग जम्मा भएको निक्षेप, सापटी कोष वा बैंकले तोकेको अन्य दायित्वको अनुपातमा बैंकमा अनिवार्य मौज्दात जम्मा गर्नु पर्ने गरी निर्देशन दिनेछ । बैंकले तोकेको अनिवार्य मौज्दात बैंकमा जम्मा गर्नु वाणिज्य बैंक तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ । (२) वाणिज्य बैंक तथा वित्तीय संस्थाको अनिवार्य मौज्दातको गणना गर्दा बैंकले अवधि तोकी दैनिक औषत मौज्दातको आधारमा गर्नेछ ।