नियम ६५
वायुयान चालक (पाईलट इन कमाण्ड) सन्तुष्ट हुनुपर्ने

देहाय बमोजिमको कुरामा वायुयान चालक (पाईलट इन कमाण्ड) सन्तुष्ट नभई वायुयानको उडान गर्न हुँदैनस
(क) वायुयानको कूल तौल प्रस्तावित उडानको लागि सुरक्षित छ,
(ख) वायुयानमा राखिएका समानहरु उडान सुरक्षित हुने गरी सन्तुलित र बचावटका साथ राखिएका छन्,
(ग) प्रस्तावित उडानको निमित्त आवश्यक र न्यूनतम जगेडा परिमाणमा ईन्धन उपलब्ध छ,
(घ) अन्य दृष्टिकोणबाट वायुयान उडानको लागि सुरक्षित छ ।