नियम ११
वायुयान दर्ता नगरिने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका कुनै वायुयानलाई यस नियमावली बमोजिम दर्ता गरिने छैन ।
(क) अन्य मुलूकमा दर्ता भैरहेको वायुयान,
(ख) शाही नेपाली सेना, नेपाल प्रहरी र भंसारको स्वामित्वमा रहेको वायुयान,
(ग) नेपाली टाइप प्रमाणपत्र वा टाईप एप्रोभल प्राप्त नगरेको वायुयानको हकमा सम्बन्धित वायुसेवा सञ्चालन संस्था तथा प्राधिकरणका जनशक्तिलाई प्रविधि हस्तान्तरण योजना नभएको ।