नियम ७५
वायुयान सञ्चार तथा उड्डयन सहाय उपकरणहरु जडान भएको हुनुपर्ने

(१) नेपाल अधिराज्यमा दर्ता भएको प्रत्येक सार्वजनिक यात्रुबाहक वायुयानमा सूचनाहरु आदान प्रदान गर्न र उड्डयन सहायको लागि चाहिने रेडियो सञ्चार तथा उड्डयन सहाय उपकरणहरु जडान भएको हुनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम वायुयानमा सञ्चार तथा उड्डयन सहाय उपकरणहरु जडान सम्बन्धी अन्य प्राविधिक कुराहरु एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।