दफा ९५
वारिस नियुक्त गर्न अनुमति दिन सकिने विशेष व्यवस्था
(१) दफा ८९ को उपदफा (२) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थाको ब्यक्तिले सोही व्यहोरा खुलाई वारिस नियुक्त गर्न अनुमतिको लागि अदालतमा निवेदन दिन सक्नेछः–
(क) तीन वर्ष वा तीन वर्षभन्दा घटीको कैद सजाय हुन सक्ने कसूरको अभियोग लागेको अभियुक्त थुनामा बसेको रहेनछ र काबू बाहिरको परिस्थितिले तोकिएको तारिखमा उपस्थित हुन नसक्ने अवस्था सृजना भएमा,
(ख) पाँच वर्षसम्म कैदको सजाय हुन सक्ने कसूरको अभियोग लागेको महिला सुत्केरी भएको वा अन्य कुनै कारणले गर्दा तोकिएको तारिखमा अदालतमा उपस्थित हुन नसक्ने भएमा ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब देखिएमा यस परिच्छेदका अन्य व्यवस्थाहरुको अधीनमा रही अदालतले कारण खुलाई निजलाई अवधि तोकी वा नतोकी वारिस राख्न अनुमति दिन सक्नेछ ।