दफा ८९
वारिस नियुक्त हुन सक्ने
(१) मुद्दाको कुनै पक्ष उजुरी, पुनरावेदनपत्र वा प्रतिउत्तरपत्र दिन, प्रमाण पेश गर्न, फैसला बमोजिम बिगोे, क्षतिपूर्ति वा अन्य कुनै कुरा भराई लिन वा मुद्दा सम्बन्धी अन्य कुनै आवश्यक काम कारबाही गर्न आफू उपस्थित हुन नसक्ने भएमा त्यसको कारण खुलाई त्यस्तो पक्षले आफ्नाे तर्फबाट वारिस नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वारिस नियुक्त गर्न सकिने छैनः –
(क) अनुसूची–१ र अनुसूची–२ अन्तर्गतको कसूर सम्बन्धी मुद्दा भएमा,
(ख) यस संहिता बमोजिम बयान दिनु पर्ने अवस्थाको अभियुक्त अदालतमा आपैm उपस्थित भै बयान दिनु पर्ने भएमा,
(ग) यस संहिता बमोजिम पुर्पक्षका लागि थुनामा वस्नु पर्ने वा धरौटी वा जमानत माग भएको अवस्थामा त्यस्तो धरौटी वा जमानत दिन नसकी थुनामा वसेको ब्यक्ति भएमा,
(घ) वारिस रहेको वा राख्न पाउने अवस्था भएपनि कुनै मनासिब कारण भई अदालतले मुद्दाको पक्षलाई आफ्नै अदालतमा उपस्थित हुन आदेश दिएमा,
(ङ) थुनामा रहेको वा पहिले नै धरौट वा जमानत दिइसकेकोमा बाहेक विदेशी नागरिक वा नागरिकताको ठेगाना नभएको व्यक्तिले मुद्दाको फैसला हुँदा कानून बमोजिम आफूलाई हुन सक्ने सजाय बराबरको रकम धरौटी नराखेमा वा त्यस बापत जमानत नदिएमा,
(च) अदालतको आदेश बमोजिम लागेको दण्ड, जरिबाना, दशौंद, बिसौँद नतिरी बाँकी रहेको भएमा, वा
(छ) अदालतले कुनै मनासिब कारण देखाई वारिस राख्न नपाउने भनी आदेश दिएकोमा ।
(३) कसैले उपदफा (२) प्रतिकूल हुने गरी वारिस दिएकोमा अदालतले त्यस्तो वारिस बदर गर्नेछ ।
(४) देहायको योग्यता पुगेको ब्यक्ति वारिस हुन सक्नेछः–
(क) प्रचलित कानून बमोजिम करार गर्न योग्य,
(ख) किर्ते, जालसाजी, भ्रष्टाचार वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको,
तर मुद्दाको कुनै पक्षले आफ्नाे एकाघरसँगको कुनै नातेदारलाई वारिस नियुक्त गर्न यस खण्डमा उल्लेख भएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।
(ग) फैसला बमोजिम सरकारी बिगो, फैसला कार्यान्वयन गरे बापत अदालतलाई तिर्नु पर्ने कुनै दस्तूर, अदालती शुल्क वा कुनै दण्ड वा जरिबाना तिर्न बाँकी नरहेको ।
(५) उपदफा (१) बमोजिम वारिस नियुक्त गर्दा देहायको कुराहरु उल्लेख गरी अनुसूची–३६ बमोजिमको ढाँचामा वारेसनामा लेखी नियुक्त गर्नु पर्नेछः–
(क) मुद्दाको विषय,
(ख) वारिस हुने व्यक्तिको पूरा नाम, थर, टोल सहितको ठेगाना र उमेर, नागरिकता नम्बर र नागरिकता लिएको जिल्ला,
(ग) वारिस हुने ब्यक्तिमा उपदफा (४) बमोजिमको कुनै अयोग्यता छैन भन्ने कुरा,
(घ) अदालतको आदेश बमोजिम कुनै दण्ड, जरिबाना, दशौद र बिसौँद बाँकी नरहेको कुरा,
(ङ) निजले अख्तियार पाएको काम ।
(६) वारेसनामाको लिखत तयार गर्दा कम्तीमा दुई जना साक्षी राख्नु पर्नेछ ।
(७) वारेसनामाको लिखतमा वारिस नियुक्ति गर्ने पक्ष र साक्षीहरुले सहीछाप गर्नु पर्नेछ ।