दफा २४
वार्षिक प्रतिवेदन
(१) जिल्ला युवा समितिले आफुले वर्षभरि गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(२) परिषद्ले आफूले वर्षभरि गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय मार्फत नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त परिषद् र जिल्ला युवा समितिले वर्षभरिमा सम्पादन गरेका कामहरु र तिनको उपलब्धी, त्यस्ता कामको लागि गरेको खर्च, परिषद्को कोषको तथा स्रोत साधनको अवस्था, परिषद्बाट भएका अन्य काम कारबाही तथा युवाको क्षेत्रमा देखिएका समस्या र सोको समाधानका उपाय समेतको
विवरण उल्लेख गर्नु पर्नेछ ।
(४) परिषद्ले आफुलाई प्राप्त स्रोत साधन, सम्पादन गरेका कार्य र तिनको उपलब्धी एवं गरेको अन्य काम कारबाहीको विवरण सर्वसाधारणको जानकारीको लागि प्रत्येक वर्ष प्रकाशन गर्नु पर्नेछ ।