नियम ७
विकास कोषबाट सञ्चालन हुने कार्यक्रमहरू अनुमोदन गराउने ः
७. विकास कोषबाट सञ्चालन हुने कार्यक्रमहरू अनुमोदन गराउने ः
(१) विकास कोषबाट सञ्चालन गरिने नगर विकास सम्बन्धी कार्यक्रमहरू तथा त्यसको लागि चाहिने अवस्था समेतको योजना तयार पारी समितिले प्रत्येक वर्ष नेपाल सरकार समक्ष पेश गरी अनुमोदन गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको योजनामा विकास कोषको रकम कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने र त्यसबाट हुने अनुमानित फाइदा समेत उल्लेख भएको हुनुपर्नेछ ।