दफा ७२
वित्तीय एजेन्टको कार्य
बैंकले नेपाल सरकारसंग भएको सम्झौताका आधारमा निर्धारित शर्त वा सीमाको अधीनमा रही देहायका विषयमा नेपाल सरकारको वित्तीय एजेन्टको रुपमा कार्य गर्नेछः– (क) नेपाल सरकारद्वारा जारी गरिएका ऋणपत्रको खरिद बिक्री गर्ने, बजार व्यवस्था गर्ने, हस्तान्तरण गर्ने र सो को अभिलेख राख्ने जस्ता कारोबार । (ख) खण्ड (क) बमोजिमको ऋणपत्रको सांवा, ब्याज र अन्य दस्तुरको भुक्तानी । (ग) एजेन्टको रुपमा गर्नु पर्ने आवश्यक अन्य कार्य ।